तानातानमा नेकपा सांसद्, कसैलाई मन्त्रीको, कसैलाई पैसाको प्रलोभन

अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसाबकिताब हो । प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा वाक्य छुटाएनन्–संसदमा हर्स–ट्रेडिङ अर्थात सांसदको किनबेच सुरु हुन्छ । उनले संसदको फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्को स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् । आजको कान्तिपुर दैनिक लेख्छ–प्रतिनिधिसभा पुनःस्थापना भएपछि सबैभन्दा पहिले नेकपाको संसदीय दलमा नै सांसदहरुको तानातान सुरु भएको छ । प्रचण्ड–नेपाल तर्फबाट फोन ग...