नेपाली चियाको माग विदेशमा बढ्यो, एक वर्षमा ३ अर्ब ७९ करोड बढीको निर्यात

काठमाडौं।नेपाली चियाको माग विदेशमा बढेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३अर्ब ७९करोड ७१लाख४० हजार रुपैयाँको १करोड १९लाख २०हजार७६३ केजी चिया विदेश निर्यात गरिएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २अर्ब७८करोड २८लाख ४१ हजार रुपैयाँको १ करोड ११लाख ८५हजार१९८ केजी चिया नेपालले निर्यात गरेको थियो।अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्ष नेपालले एक अर्बभन्दा बढीको चिया निर्यात गरेको छ।

सम्बन्धित सामग्री

चिया दिवस : करीब ८ करोडको आयात हुँदा साढे २ अर्बको मात्रै निर्यात

बैशाख १६, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ९ महीनामा करीब ८ करोडको चिया मुलुकभित्र आयात हुँदा झन्डै साढे २ अर्ब रुपैयाँको निर्यात भएको छ । अन्य उपभोग्य वस्तुको आयात ठूलो मात्रामा गर्नुपर्ने बाध्यतामा रहेको नेपालले चिया निर्यातमा भने राम्रै प्रगति गरेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ९ महीनामा नेपालमा ७ करोड ९३ लाख रुपैयाँ बराबरको १ सय ८३ मेट्रिक टन चिया आयात भएको छ । उक्त अवधिमा २ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ बराबरको ९ हजार १७ मेट्रिक टन चिया विदेश निर्यात भएको छ ।  नेपालको चिया उत्कृष्ट मानिने भएकाले भारत, चीन, श्रीलंका, अमेरिका, अस्ट्रेलिया र यूरोपका विभिन्न मुलुकमा यसको माग उच्च छ । त्यसैले अन्य वस्तुको तुलनामा चिया निर्यातको ग्राफ उच्च रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले बताए । अघिल्ला वर्षमा पनि आयातभन्दा निर्यात राम्रो देखिन्छ । आव २०७६/७७ मा ७ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय १८ मेट्रिक टन चिया आयात गरेको नेपालले २ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको ११ हजार १ सय ८५ टन निर्यात गरेको छ । आव २०७७/७८ मा १५ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको ३ सय ४६ मेट्रिक टन आयात र ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन निर्यात गरेको तथ्यांक छ । अझ बढी गुणस्तरीय चिया उत्पादन गरी निर्यात बढाउँदै लगे बढ्दो व्यापारघाटा कम गर्न यसले उल्लेख्य योगदान दिन सक्ने बोर्डका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । बोर्डको तथ्यांकअनुसार आव २०७७/७८ मा नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमीनमा चियाखेती गरिएको थियो । त्यसबाट २३ हजार ७४५ मेट्रिक टन उत्पादन भएको छ । चालू वर्षको तथ्यांक हालसम्म तयार नभए पनि उत्पादन करीब १० प्रतिशतले बढ्ने अनुमान बोर्डको छ । नेपालको चियाखेतीमा १६ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन् । नेपाली चियाको विश्वबजारमा अत्यधिक माग भएसँगै महँगो मूल्यमा विक्री भइरहेको छ । तर, ९० प्रतिशतभन्दा बढी निकासी भारतमा हुन्छ । भारत निर्यातमा बेलाबेलामा उत्पन्न हुने बाधा तथा झन्झटिलो प्रक्रियाका कारण न्यून मूल्यमा विक्री गर्नुपर्ने बाध्यता हुने चिया उत्पादक बताउँछन् । यसले गर्दा नेपाली चिया क्षमताअनुसार नाफामूलक बन्न नसकेको बताइन्छ । उत्पादन तथा प्रशोधन प्रविधिबारे अनुसन्धानात्मक कार्य हुन नसक्दा नेपाली चियाको जात तथा प्रविधि विकास हुन नसकेको नेपाल इन्क्रिज सस्टेनेबल टी एक्सपर्टस् प्रोजेक्टका प्रोजेक्ट कोअर्डिनेटर विनय शर्माले बताए । अहिले पनि नेपालको चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइको अभाव, भन्सार नाकामा निर्यात प्रवर्द्धनका लागि आवश्यक मात्रामा नतीजा दिन सक्ने अन्तरराष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनाले नेपाली चिया बजारमा पुग्नबाट वञ्चित छ ।