दार्चुला हिमपहिरो : बेपत्ता किशोरी ९ दिनपछि मृत फेला

ब्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएको ९ दिनपछि किशोरीको शव भेटिएको छ । बुधबार अबेर साँझतिर डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।