आदिवासी आन्दोलन र नेतृत्वको प्रश्न

 को हुन् आदिवासी ?सर्वोच्च अदालतद्वारा २०७६ मा जारी गरिएको आदिवासी, जनजातिको अधिकार एवं उपचारसम्बन्धी जानकारी पुस्तिकामा उल्लेख भएअनुसार ‘आदिवासी, जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदायलाई सम्झनुपर्छ । आदिवासी जनजाति अभियान्ता सुरेश आलेमगरका अनुसार ‘सामान्यतया सामूहिक जीवन पद्धति एवं मातृसत्तात्मक समाजका केही अवशेषहरू विद्यमान रहेको र हालसम्म पनि पिछडिएको अवस्थामा रहेको जातिल