अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतलाई प्रभाव पार्न बैठक बहिष्कार गरेको बताएका छन् । कांग्रेस र राप्रपाले शुक्रबार बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका कारण बैठक सञ्चालन हुन सकेन । मुख्यमन्त्री अधिकारीले प्रतिपक्षीले बैठक बहिष्कार गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।