लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद गरिदै, आठ महिनापछि ट्रायल पास गरेको तीन दिनमा लाइसेन्स

काठमाडौं, १३ चैत। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले (सवारी चालक अनुमति पत्र) लाइसेन्स वितरणलाई सहज बनाउन सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गर्न लागेको बताएका छन्। मन्त्रालयमा सोमबार आयोजि पत्रकार सम्मेलनमा उनले अबको ८ महिनापछि सवारी चालकले ट्रायल पास गरेको ३ देखि ७ दिनभित्र लाइसेन्स पाउने समेत जनाए।‘प्रधानमन्त्रीज्युसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको छ,’उनले भने।