स्मार्ट टेलिकम प्रालि स्वतः खारेज

ललितपुर । ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सम्बन्धित सामग्री

रोयल्टी र फ्रिक्वेन्सीमा किस्ता सुविधाले राज्यलाई घाटा

सरकारले दूरसञ्चार कानुनविपरीत विभिन्न सेवाप्रदायक कम्पनीलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिँदा मुलुकलाई अर्बौं घाटा लागेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि र वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिएको थियो । त्यसैले महालेखाको ५९ […]

रोयल्टी र फ्रिक्वेन्सी शुल्कमा किस्ताबन्दी सुविधा दिँदा मुलुकलाई अर्बौँ घाटा

सरकारले दूरसञ्चार कानुनविपरीत विभिन्न सेवाप्रदायक कम्पनीलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिँदा मुलुकलाई अर्बौँ घाटा लागेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ। केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि र वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिएको थियो । त्यसैले महालेखाको प्रतिवेदनले कानुनमै नभएको किस्ताबन्दी सुविधा मन्त्रिपरिषद्बाट उपलब्ध ग

स्मार्ट टेलिकमको एक लाख ग्राहकलाई मोबाइल

नेपालका अतिविकट गाउँहरू जहाँ बिजुली, बाटोजस्ता पूर्वाधारहरू पुग्न सकेका छैनन्, एक गाउँबाट अर्को गाउँमा पुग्न बिहानभर हिँड्नुपर्छ त्यस्ता विकट बस्तीहरूलाई समेत एक आपसमा जोड्ने प्रयासमा स्मार्ट टेलिकम प्रालि दुई वर्षदेखि लागिरहेको छ । सम्पूर्ण ग्रामीण क्षेत्रमा टेलिफोन सेवा पुर्‍याउने नेपाल सरकारको उद्देश्यअनुरूप उक्त कम्पनीले नेपा दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालनका लागि इजाजत पाएको हो । तर, २००८ जुलाई १ मा सेवा सञ्चालनको अनुमति पाएको कम्पनीले २००९ नोभेम्बरबाट ग्रामीण क्षेत्रमा तारवाला लिमिटेड सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले नयाँ शुरू गर्न लागेको जीएसएम सेवाका लागि भौतिक निर्माणको काम पनि पूरा भइसकेको छ । अहिले कम्पनीले नेपाल दूरसञ्चारसँगको अन्तर सम्बन्धको लागि आग्रह गरिरहेको छ । मुख्य कार्यालय कुमारीपाटी ललितपुरमा रहेको यस कम्पनीमा सबैभन्दा बढी ७० प्रतिशत लगानी लाल साहु डिस्ट्रिब्युसन प्रालि सिंगापुरको रहेको छ । त्यस्तै २० प्रतिशत स्क्वायर नेटवर्क प्रालि नेपालको र बाँकी १० प्रतिशत जीलाट स्याटेलाइट नेकवर्कस इजरायलको लगानी रहेको छ । कम्पनीको कुल चुक्ता पुँजी २ करोड ८० लाख र जारी पुँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीले अहिले सम्म रू ५० करोड लगानी गरिसकेको छ । कम्पनीमा स्क्वायर नेटवर्क प्रालिका समेत अध्यक्ष रहेका सचिनलाल आचार्यले अध्यक्षता गरिरहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा सुभास बज्राचार्य रहेका छन् । वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

३ दूरसञ्चार कम्पनीको बक्यौता ७ अर्ब

मुलकका प्रमुख ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये ३ वटाले सरकारलाई बुझाउन बाँकी बक्यौता रकम करिब ७ अर्ब पुगेको छ । स्मार्ट टेलिकम प्रालि, नेपाल स्याटलाइट टेलिकम प्रालि र युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले अनुमतिपत्रको सर्तअनुसार बुझाउनुपर्ने महसुल समयमा नतिरेपछि बक्यौता बढेर ६ अर्ब ८१ करोड ८१ लाख ५० हजार ३ सय ४३ रुपैयाँ पुगेको हो ।

दूरसञ्चार क्षेत्रमा गढेको सकस

१९७० ताका सुरु भएको दूरसञ्चार सेवाले अनेकन् आरोह–अवरोह पार गरिसकेको छ । २०४० को दशकमा डिजिटाइजेसन हुनु, २०५२ ताका अप्टिकल फाइबर बिच्छ्याउने कार्य हुनु, २०५६ मा जीएसएम मोबाइल प्रारम्भ हुुनु, २०५७ मा इन्टरनेट सुरु हुनु, २०६० को दशकमा ५ वटा निजी क्षेत्र प्रविष्ट हुनु, २०६६ मा थ्रीजी, २०६९ मा वाईम्याक्स, २०७३ मा फोरजी सेवा भित्रिनु दूरसञ्चार क्षेत्रका घुम्ती हुन् । दूरसञ्चार क्षेत्रमा नीतिगत उदारीकरणका कारण युनाइटेड टेलिकम लिमिटेड, तत्कालीन ऐनसेल प्रालि, एसटिएम टेलिकम सञ्चार प्रालि, नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि स्थापना भएका हुन् ।