एमसीसीबारे ओली गैरजिम्मेवार बनेको प्रचण्डको सचिवालयको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट म

सम्बन्धित सामग्री

सरकार गैरजिम्मेवार भएर सरकारमा बसिरहेको छः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्।बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए।  अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए। उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए। उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे।‘यो सरकार लज्जाबोध नभएको सरकार हो। यस

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जान्छौंः बास्तोला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने बताएको छ । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सरकार तीन बुँदे सहमतिबाट पछाडि हटेको आरोप समेत लगाए ।पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षडयन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए । “हामीसहित तत्कालिन नेकपा र ओली नेतृ

एमसीसी छल्दै अर्थमन्त्री

काठमाडौं । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् ।  गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । तर, पछि दलहरूबीच कुरा नमिल्दा बैठक स्थिगित गरियो । एमसीसी सम्झौता संसद्मा पेश गर्ने दिन अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतालाई छलफलका लागि संसद्मा पेश गरेका थिए । अर्थ मन्त्रालयमातहत रहेको एमसीसी परियोजनामा सहमति जुटाएर संसद्बाट निकास खोज्ने बेलामा मन्त्री शर्मा गैरजिम्मेवार तरिकाले उपत्यकाबाहिर ‘घुमफिर’ मा गएको भन्दै आलोचना भइरहेको छ । संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशन गरेकै दिन बुधवार साँझ पर्वत पुगेका शर्मा पत्नी लक्ष्मीसहित कुश्मामा सञ्चालित बन्जी जम्प हेरेर ‘स्काई चियर’ मा खाजा खाएको तस्बिर सार्वजनिक भएको छ ।  संसद्मा एमसीसीबारे छलफल हुने भएपछि अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्र र गठबन्धन सरकारको अर्को साझेदार एकीकृत समाजवादी सदनदेखि सडकसम्म विपक्षमा छ । ती पार्टीका केही सांसदले टेबल गर्दाकै दिन संसद्मा एमसीसीको विरोध गरेका थिए । अहिले पनि सत्तारूढ माओवादी केन्द्र र एकृकीत समाजवादी पार्टीका कार्यकर्ता दिनँहुजसो सडकमा ढुंगामुडा गर्नमै व्यस्त छन् । एमालेलाई साथमा लिने देउवाको प्रयास एमसीसी पास गर्नेबारे सत्तारूढ दलभित्र सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन भंग गरेरै भए पनि एमालेलाई फकाउन लाग्नुभएको छ । बिहीवार संसद् बैठक स्थगन गरेर एमसीसी पास गराउनकै लागि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा एमालेले हाल संसद्मा उठाएका सबै मागप्रति उदार भएर छलफल गरी निकास खोज्न आफू तयार रहेको बताएको देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । महामन्त्री थापाका अनुसार एमसीसीमा सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी, जनमोर्चाले साथ नदिने हो भने गठबन्धन यही बिन्दुबाटै समाप्त हुने संकेत ओलीसँगको भेटमा देउवाले गर्नुभएको थियो । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सदनको अवरोध खुलाएर एमसीसी पास गर्न एमालेसँग आग्रह गर्नुभयो । अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको समेत छलफलमा बताउँदै एमसीसी संसद्बाट पारित गराउने विषय नेपालको अन्तरराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएकोमा देउवाको जोड रहेको थापाले जानकारी दिए । जवाफमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर एमसीसीमा सरकारलाई सहयोग गर्ने वा नगर्नेबारे जानकारी दिने बताएका थिए । एमाले अध्यक्ष ओलीसँग भेट गर्नुअघि देउवाले बिहीवार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्ता गर्नुभएको थियो । तर, दुवै पार्टीका अध्यक्षले एमसीसी पास गर्न अहिलेकै अवस्थामा आफूहरूले साथ दिन नसक्ने स्पष्ट पारेका थिए । संकट चुलिँदा चीनको चासो अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालमा राजनीतिक संकट चुलिँदै गर्दा उत्तरी छिमेकी चीनले चासो बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका दुई शीर्ष नेताले बुधवार अलगअलग भर्चुअल वार्ता गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन हुन ढिला हुनुमा चीनको स्वार्थ रहेको अमेरिकाले आरोप लगाएका बेला यो संवाद भएको हो । वार्तामा चीनले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेता नेपालसँगको कुराकानीका क्रममा एमसीसीका कारण नेपाली भूमिबाट चीनमाथि गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरेको स्रोतले बतायो । ‘नेपाललाई हामीले निकट र घनिष्ठ मित्रका रूपमा रही त्यहीअनुसार अहिलेसम्म व्यवहार गर्दै आएका छौं,’ भर्चुअल बैठकमा ती नेताको भनाइ उद्धृत गर्दै नेपालनिकट नेताले भन्यो, ‘तर, अब नेपाली भूमिबाट हामीमाथि सुरक्षा चुनौती बढ्ने कुराले चिन्ता बढाएको छ । यसबारेमा तपाईंहरूले गम्भीरतापूर्वक सोच्नु आवश्यक भएको छ ।’

दाहालको सचिवालयले भन्यो- ओली गैरजिम्मेवार

काठमाडौं, माघ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । बिहीबार साँझ ओली र दाहालबीच भएको टेलिफोन कुराकानीका क्रममाः एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न दाहालले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ । दाहालका स्वकीय […]

एमसीसीबारे ओली गैरजिम्मेवार बने : प्रचण्डकाे सचिवालय

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहयोग (एमसीसी) का सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएको छ । दाहालका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दाहालको प्रस्तावलाई गम्भीर रूपमा नलिएको र एमसीसीबारे गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको वर्षदेखि सम्बन्ध चिसिएका एमाले अध्यक्ष ओलीलाई हिजो बुधवार बेलुकी फोन गरेर अमेरिकी सहायता परियोजना एमसीसीलाई चुनावसम्म यथास्थितिमा राख्ने प्रस्ता...

सरकारले काेराेना नियन्त्रण गर्दैन, आफ्नो सुरक्षा आफैं गर्नू

काठमाडाैं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न र जनताप्रतिको दायित्व पुरा गर्न केपी ओली नेतृत्वको सरकारले नसकेको आरोप लगाएको छ।  कांग्रेसको कोभिड-१९ सम्बन्धी अनुगमन समितिको छलफलमा संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्री गैरजिम्मेवार भएकोले समस्या आएको बताएक...