वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा, मलेसियाबाट समस्या राख्ने धेरै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि सरकारले सुरु गरेको टेलिमेडिसिन सेवा लिन सबैभन्दा धेरै मलेसियाबाट फोन आएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साढे तीन महिनाको अवधिमा सबैभन्दा धेरै मलेसियाबाट दुई सय ७५ जनाले फोन गरेर सेवा लिएका छन् ।  यस्तै मलेसियापछि साउदी अरेबियाबाट समस्या राख्ने नेपालीको सङ्ख्या धेरै छ । साउदी अरेबियाबाट गएको आर्थिक वर्ष २०७९ चैत १५ देखि २०८० असार मसान्तसम्ममा दुई सय २७ जनाले फोन गरेर टेलिमेडिसिन सेवा लि...