नेतृत्व परिवर्तन नहुँदासम्म भेनेजुएलाको शासन अमेरिकाले सञ्चालन गर्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व परिवर्तन नहुँदासम्म अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नभएसम्म अमेरिकाले प्रत्यक्ष भूमिका खेल्ने बताए। “सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सम्भव नहुन्जेलसम्म हामी देश चलाउनेछौँ,” ट्रम्पले मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी कसैलाई भित्र ल्याएर फेरि पछिल्ला धेरै […]