स्याङजा बस दुर्घटनाको प्रचण्डद्वारा दु:ख व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्याङजा बस दुर्घटनाको दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले मृतकप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार बिहान मतदाता बोकेको बस स्याङजाको अर्खलबासमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।