२३ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम वा लुम्बिनी प्रदेशको मुख्यमन्त्री दावी गर्ने भएको छ । नयाँ समीकरणमा जाने वा नजाने भन्ने प्रष्ट निर्णय नगरिसकेको नाउपाले मुख्यमन्त्रीको अडान लिने भएको छ । ‘हाम्रो सांसदहरुसँग छलफल गरेको छु, साथीहरुको एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ’ अध्यक्ष रेशम चौधरीले भने, ‘त्यो सुदूरपश्चिममा भए […]