फोटोग्राफी प्रतियोगिताको उपाधि विवेकलाई

 १८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मच्छिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यवसायीहरूको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरूको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियमाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । प्रतियोगितामा ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएक