इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छ: नेता सिंह

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए। शनिबार बिहान काठमाडौँ महानगरपालिका- १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागु गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए। […]