धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी

सुनसरीको धरान र कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएका हुन् ।धरानका राई ४ हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भए । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त […]

सम्बन्धित सामग्री

‘स्वतन्त्र’ शब्दको ‘चीरहरण’

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजधानीको मुटु रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भए । खासै धेरै चर्चामा नआएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि चौथो स्थानको मत पाए । उता धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका प्रमुखमा पनि स्वतन्त्र उम्मेदवार विजयी भए ।  यसपटक देशका ७ सय ५३ स्थानीय तहमा विभिन्न पदमा गरी ८ हजार ७१ जनाले  स्वतन्त्र उम्मेदवारी दिएकोमा ३ सय ८७ जना विजयी भए ।