भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ

भक्तपुर– भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् ।  ती विदेशी नागरिकले आफूसँग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले […]