बर्खामा झस्काइ रहन्छ भुजीखोलाले

बाग्लुङ - गएराति ढोरपाटन नगरपालिका–५ साहुथोकमा खसेको पहिराेले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो । भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए । कुनै विपद् आइनलागोस् भने कामना गरिरहे । भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो । कुनैखाले क्षति निम्तिएन । खोला थुनिँदा बनेको ताल एक्कासी फुटेर बाढीको रुप लिने खतरा टर्यो । खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे ।  भुजीखोला त्यही खोला हो जसले २०७७ साल भदौ १७ गते मध्यरातमा बितण्डा मच्चा...