स्थानीय खोलामा पूजापाठ गर्दै थारु समुदायका महिलाले गरे कृष्ण जन्माष्टमी व्रत समापन

दाङ – कृष्ण जन्माष्टमीका दिन व्रत बसेका थारु समुदायका महिलाहरुले आज स्थानीय खोलामा जम्मा भइ पूजापाठ गरी व्रतकाे विधिपूर्वक समापन गरेका छन् । दाङसहित पश्चिम तराईका थारु समुदायले हर्ष उल्लासका साथ खोलामा गएर पूजा सामाग्री बगाउने र बगाइएको फलफूल युवाहरुले समात्ने र प्रसादका रुपमा खाने चलन छ। कृष्ण जन्माष्टमी पर्वमा विशेष गरि थारु महिलाहरु दिनभर व्रत बसी साँझ कृष्णसँग सम्बन्धित गीत गाएर रमाइलो गर्दछन् । थारु समुदायले  गाउँको महतवाको घरमा कृष्ण र पाण्डवसँग सम्बन्धित चित्र बनाउने गर्दछन् । ज...