देशभर चुनावी रौनक : अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले सुरक्षा चुनौती

काठमाण्डाै - वैशाख ३० गते हुने पालिका चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् । सत्ता गठबन्धनका दलसहित प्रमुख प्रतिपक्ष एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएका छन् । कांग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज चितवनमा हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै पुग्नुभएको छ । कांग्रेसले भ्रातृ सङ्घ संस्थाका अधिवेशन पालिका चुनावपछि गर्न आग्रह गरेको छ । एमालेले यसअघि नै अभियान थालेको ...

सम्बन्धित सामग्री

दलहरूका अस्वस्थ प्रतिस्पर्धा नै मुख्य चुनौती रहेको सिडिओहरूको निष्कर्ष

काठमाडौँ । प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हरूले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूका अस्वस्थ प्रतिस्पर्धा र आन्तरिक कलह तथा विवाद प्रमुख चुनौतीका रूपमा देखा परेको बताएका छन् । शान्ति सुरक्षाको स्थिति देशभर सामान्य रहे पनि दलहरूकै अस्वस्थ चुनावी गतिविधि नै निर्वाचन सुरक्षा चुनौती रहेको प्रजिअहरुले उल्लेख गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका उच्च अधिकारी र […]