काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्। केपी शर्मा ओलीको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका गौतमलाई ओलीले राष्ट्रिय सभामा लाने लोभ देखाएपछि उम्मेदवारी फिर्ता लिएका हुन्। एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
झापा। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ। शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छभने त्यति नै परिमाणमा बिक्रीवितरणसमेत भइरहेको छ। उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव […]
काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् । एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् । ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ पोखरेलले फेसबुकमा […]