चार्जिङ स्टेशन बनाउनेलाई सुविधै सुविधा

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेशन बनाउनेलाई प्याकेजमै सुविधा दिने भएको छ । प्राधिकरणले प्राविधिक सहयोगदेखि ट्रान्सफर्मरसम्म सहयोग गर्ने गरी प्याकेज नै उपलब्ध गराउने भएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले चार्जिङ स्टेशन बनाएर सञ्चालन गर्न इच्छुकका लागि आवेदन माग गरिएको छ । आवेदन दिएर छनोटमा पर्नेहरुले प्राधिकरणबाट उपलब्ध हुने प्याकेज पाउने छन् ।के के पाउँछन् सुविधा ?प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालन गर्ने व्यक्ति तथा कम्पनीहरुलाई विद्युत् ट्रान्सर्फमर, प्राविधिक सल्लाह सुझावसहित पेमेन्ट गेटवेसँग कनेक्सन गराईदिनेछ । अनलाइनमार्फत चार्जिङ शुल्क तिर्न सकिने गरी पेमेन्ट गेटवेसँग कनेसक्न गराईने र यसका लागि प्राधिकरणले नै चार्जिङ स्टेशनले पूरा गर्नुपर्ने प्रक्रिया एकमुष्ट रुपमा एकद्वार प्रणालीमार्फत पूरा गरिदिने छ ।चार्जिङ स्टेशनमा लगानी गर्नेलाई भविष्यमा राम्रो प्रतिफल पाउने ग्यारेन्टी पनि प्राधिकरणले नै लिने गरी प्याकेज नै उपलब्ध गराउन लागिएको बताईएको छ । पेट्रोल पम्प जस्तै गरी विद्युतीय सवारी साधन चार्जिङ स्टेशन सञ्चालन गर्न इच्छुक व्यक्ति, निजी तथा सार्वजनिक संस्था तथा फर्मले आवेदन दिन पाउने छन् ।आवेदन दिन के के चाहिन्छ ?चार्जिङ स्टेशन बनाउन आवेदन दिँदा स्टेशन रहने बाटोको नाम, बाटोदेखि प्रस्तावित क्षेत्रको दूरी तथा ११ केभी विद्युत् वितरण लाइनको दूरी र स्पष्ट देखिनेगरी जग्गाको तस्वीर उल्लेख गर्नुपर्नेछ ।निर्माण स्थलको भौगोलिक अवस्थाको हालको नक्सा पनि आवेदनमा समावेश गर्नुपर्नेछ ।  प्रस्तावित जग्गाको क्षेत्रफल, चार्जरको प्रकार, विषेशता, स्टेशनको साइज, कति वटा चार्जर रहने हो त्यसको संख्या, एक पटकमा कति सवारी चार्ज गर्न सकिन्छ भन्ने क्षमता, सवारी र मोडल समावेश हुनुपर्नेछ ।स्टेशन राख्न प्रस्ताव गरिएको क्षेत्रको वरपर भएका होटल, पसलसहित अन्य सुविधाहरु पनि खुलाउनु पर्नेछ । उक्त स्थानमा प्राधिकरणको सम्वन्धित वितरण केन्द्र, सव स्टेशन र त्यसको दूरी पनि खुलाउनु पर्नेछ ।

सम्बन्धित सामग्री

चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरणको सुविधै सुविधा

काठमाडौं । विद्युत् प्राधिकरणले देशभर विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन राख्न चाहानेलाई विभिन्न सहयोग सुविधा दिने भएको छ । चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरणले ट्रान्सफर्मरदेखि प्राविधिक सहयोगसम्म दिने भएको हो । हाल प्राधिकरणले देशभर चार्जिङ स्टेशन राख्न इच्छुकहरुका लागि आवेदन खुला गरेको छ । चार्जिङ स्टेशन राख्न प्रोत्साहित गर्न प्राधिकरणले प्याकेजमै सुविधा दिने भएको हो । […]