बकर ईद पर्व उत्साह र समानताको प्रतीक हो : मुख्यमन्त्री राई

इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अजाह)को अवसरमा शुभकामना दिँदै प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यो पर्व एउटा उत्साह र समानताको प्रतीक भएको बताएका छन् । आपसी सद्भावको चाडको रूपमा मनाइने पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको राईले बताए । 'नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक