पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय

बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

चार खर्ब बढीका योजनाको म्याद थप हुने

निर्माण व्यवसायीको दबाबमा सरकारले नियमावली संशोधन गरेको हो। यसबाट सडक पूर्वाधार, सिँचाइ, भवन, सहरी विकास, विद्युत् आयोजनालगायत पूर्वाधारसँग सम्बन्धित आयोजनाका ठेकेदार लाभान्वित भएका छन्।...

लुम्बिनी विकास बैंकको ऋणपत्र खरीदका लागि म्याद थप

काठमाडौं । जेठ १६ गतेदेखि विक्रीमा आएको लुम्बिनी विकास बैंक लिमिटेड (Lumbini Bikas Bank Limited)को ऋणपत्र (Debenture) खरीदका लागि अवधि थप भएको छ । बैंकले रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र जेठ १९ गतेसम्मका लागि निष्कासन गरेको थियो । यस अवधिभित्र मागबमोजिम आवेदन नपरेपछि जेठ ३० गतेसम्म विक्री खुला गरिने जानकारी बैंकले दिएको छ ।  बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रतिऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले निष्कासन गरेको यो ऋणपत्र ‘११ % एलबिबिएल डिबेञ्चर २०८९’ नामको रहेको छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघसंस्थाहरूलाई विक्री गर्नेछ भने ४ लाख कित्ता सर्वसाधारणमा (सामूहिक लगानी कोष समेतका लागि) वितरण गर्नेछ । बैंकले २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।  ऋणपत्र खरीदका लागि आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ । बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।

म्याग्दीका ठूला विकास आयोजना : पटक–पटक म्याद थप्दा पनि अलपत्र

म्याग्दी : जिल्लामा सञ्चालित ठूला विकास आयोजना ‘हात्तीका देखाउने दाँत’जस्तै बनेका छन्। पटक–पटक म्याद थप गरिएको समयमा पनि ठूला विकास योजना सम्पन्न हुन सकेको छैनन्।निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा रणनीतिक र गौरवका योजनाको रूपमा सञ्चालन भएका सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका योजना अलपत्र अवस्थामा छन्। हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगरेपछि जिल्लाको विकासपछि धकेलिएको छ। म्याग्दीमा संघीय र गण्डकी प्रदेश सरकार

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो ।जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

काठमाडाैँ – पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो । जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि […]

पाठ्यपुस्तक छपाइका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप

१६ पुस, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक प्रकाशक तथा वितरक नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप गरेको छ । कक्षा एकदेखि तीनसम्मका चार रङ्गका पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाइ गरी बिक्री वितरण गर्न चाहने मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि नवीकरण गर्ने तथा सूचीकरणका लागि […]

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

गरिमा विकास बैंक लिमिटेड ले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँ...

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

गरिमा विकास बैंक Garima Bikas Bank Limited को ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले मङ्सिर १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेकोमा छिटोमा मङ्सिर २०  गतेसम्म र ढिलोमा पुस १ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरिएको थियो ।सोहि अनुसार अब ढिलोको मिति पुस १ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । यद्यपि सो समय अगाडी नै पूर्ण आवेदन परेमा  सो अगावै नै सार्वजनिक सूचना निष्काशन गरेर बिक्रि बन्द गर्न सकिने बैंकले उल्लेख गरेको छ । बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो ।  जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ । एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई कार्तिक १७ गते ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।