२० पटकका ग्रान्डस्लाम च्याम्पियन रोजर फेडेररद्वारा सन्यासको घोषणा

टेनिस इतिहासकै महान खेलाडीमा गणना हुने रोजर फेडेरर ४१ वर्षको उमेरमा खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । टेनिस क्षेत्रमा सबैभन्दा ठूलो ग्रान्डस्ल्यामका २० पटकका च्याम्पियन फेडेरर विगत तीन वर्षदेखि घुँडाको समस्यासँग संघर्ष गर्दै आएका थिए । अहिले यसैको कारण उनले सन्यास लिएका छन् । फेडेररले अर्को हप्ता लन्डनमा हुने लेभर कपमा सहभागी हुनेछन् । उनैले कल्पना गरेको राईडर कप शैलीको यस प्रतियोगितापछि उनले व्यावसायिक खेल जीवन परित्याग गर्नेछन् ।  फेडेररले सामाजिक सञ्जालमा एक पत्र पोष्ट गरेर सन्

सम्बन्धित सामग्री

फेडेरर चाहना टेनिससँगै

स्वीस टेनिस लिजेन्ड रोजर फेडेरर आफ्नो प्रिय खेलसँग जोडिरहन चाहन्छन् । गत सातामात्रै आफ्नो खेलाडी जीवनबाट संन्यासको घोषणा गरेका फेडेररले मंगलबार प्रकाशित अन्तर्वार्तामा भनेका छन्, ‘यो खेलले मलाई धेरैथोक दिएको छ ।’

कोभिड-१९ संक्रमण भएपछि कोको गउफले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी। कोरोना भाइरस संक्रमित भएपछि अमेरिकाकी टेनिस खेलाडी कोको गउफले टोकियो ओलम्पिक गुमाउने भएकी छन्। १७ वर्षीया गउफ सन् २००० पछि ओलम्पिक खेल्ने कान्छी टेनिस खेलाडी बन्ने थिइन्। विश्व वरीयताको २५औं स्थानमा रहेकी गउफ पनि ओलम्पिक नखेल्ने अन्य खेलाडीको समूहमा सामेल भएकी हुन्। यसअघि राफेल नाडाल, रोजर फेडेरर, सिमोना हालेप, सेरेना विलियम्सलगायतले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका थिए।

पूर्व पदक विजेता अजरेन्का र केरबेरले पनि ओलम्पिक नखेल्ने

एजेन्सी।पूर्व पदक विजेता भिक्टोरिया अजरेन्का र एन्जेलिक केरबेरले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन्। अजरेन्काले लन्डन ओलम्पिकमा बेलारूसका लागि एकलमा काश्य र युगलमा स्वर्ण पदक जितेकी थिइन्। रियो ओलम्पिकमा पनि अजरेन्काले एकलमा रजत पदक जितेकी थिइन्।अजरेन्का र केरबेर दुबैले बिहीबार टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्।रोजर फेडेरर, राफेल नाडाल, सेरेना विलियम्स, डोमिनिक थिमले पनि ओलम्पिक नखेल्ने घोषणा गरिसकेका छन्।