बर्नमाउथ प्रिमियर लिगमा बढुवा

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा बर्नमाउथ बढुवा भएको छ। बुधबार भएको च्याम्पियनसिपको खेलमा नोटम फरेष्टलाई १-० ले पराजित गर्दै बर्नमाउथ प्रिमियर लिगमा फर्किएको हो।बर्नमाउथको जितमा एक मात्र गोल सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका किफेर मोरीले गरे। उनले खेलको ८३ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।प्रशिक्षक स्कट पार्लरले पछिल्लो ३ सिजनमा दोस्रो टिमलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भए। यसअघि फुलह्यामलाई २०१९ मा बढुवा गराएका उनले ३ सिजन पछिनै अर्को टीमलाई बढुवा गर्न सफल रह