पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई