भेडीगोठ लेकतिर (फोटो फिचर)

ताप्लेजुङमा यतिबेला भेडीगोठ लेकतिर सारिएको छ। जाडो छल्न बेँसी (औल) झारिएका भेडी गोठ गर्मी मौसमसँगै लेकतिर सारिएको हो। हिउँद मौसममा औल झारिएका भेडीगोठ वैशाख अन्तिम साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सारिएको भेडापालक किसानले बताएका छन्।