बाक्लो कुहिरोका कारण आन्तरिक र बाह्य उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान भिजिबिलिटी कम भएका कारण बन्द भएको छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् । विमानस्थल टर्मिनल कार्यालयले दिएको जानकारी अनुसार बाक्लो कुहिरो र हुस्सुका कारण भिजिबिलिटीमा कमी आएको छ । काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर …