हिमपातले जनजीवन कष्टकर : हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

हुम्ला - हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ । सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराकाे भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।...