आज बिहान चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटेमा बसको ठक्करले एक जनाको निधन भएको छ । सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक बालक सामान्य घाइते भएका छन् ।
काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ९६५८ नम्बरको यात्रुबाहक बसले ६९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार त्रिपुरा सुन्दरी गाँउपालिकाका नारायण श्रेष्ठको निधन भएको जिल्ला टार्फिक कार्यालयका प्रमुख राजेश कुमार दाहालले जानकारी दिनु भएको छ ।