ढुंगामा मूर्ति खोप्दा उडेको धूलो देखेर रमाउने मूर्तिकार

१९ वैशाख, चितवन । एकनासले कराइरहने ग्राण्डर । बुङबुङ उडिरहेको धूलो । काम गरिरहँदा  चिरपरिचित मान्छेहरूले पनि ठम्याउन हम्मे पर्ने एक अनुहार । कहिले टन्टलापुर घामको उधुम गर्मी । कहिले हावाहुरी र पानी ! अनवरत रूपमा ढुंगामा मूर्ति बनाउने तपस्यामा जुटिरहने मूर्तिकार हुन्–लालकाजी लामा । जीवनका १२ वसन्त उनले ढुंगा, छिनो र ग्राण्डरसँगै विताए । […]