गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको सफल उडान

गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरको जहाजले सफल उडान गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा बनेको रेसुङ्गा विमानस्थलबाट आइतबार तारा एयरको नाइन एन एएलओ कलसाइन भएको जहाजले सफल परीक्षण उडान गरेको हो । गत बैशाखमा भौतिक निर्माण सम्पन्न भएको विमानस्थलबाट रेसुङ्गा नगरपालिकाले समन्वय गरेर तारा एयरले सफल उडान गरेको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए । […]