राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकार समक्ष आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउनको निम्ति सरकार समक्ष आग्रह गरेका हुन् । उनले भने, ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन । य