सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर

काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ । सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ । सल्यानको कपुरकोटमा सबै भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका ३ हजार ५ सय घरधुरीले एक सीजनमा ४ […]

सम्बन्धित सामग्री

व्यावसायिक कृषिले आत्मनिर्भर बनेको कपुरकोट

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकाका खड्कबहादुर ओली हिजोआज बारीमा लटरम्म फलेका ताजा तरकारी बिक्री गर्न व्यस्त छन्।बारी नै रातो हुने गरी फलेको टमाटर, बन्दा गोपी, घिउ सिमी कृषि उपज संकलन केन्द्र कपुरकोटसम्म ल्याउन उनीसँगै उनको सबै परिवार व्यस्त रहेको छ।बेमौसमी तरकारी खेती गर्दै आएका ओलीले अहिलेसम्म झन्डै ५लाखको तरकारी बिक्री गरी सकेका छन् भने अझै एक दुई लाखको तरकारी बिक्री हुने तयारीमा रहेको छ।कपुरकोटकै वीरबहादुर बुढाथोकीले पनि ताजा तरकारी बिक्रीबाट हालसम्म ४ लाख हात पारी सकेका छन्। जेठ देखि भदौ

बंगुरपालनबाट वार्षिक ८ लाख आम्दानी

सल्यान ६, असार । सल्यानको कपुरकोटका एक कृषकले बंगुरपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।  विगत ६ वर्षदेखी व्यवसायिक रुपमा बंगुरपालन गर्दै आएका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले बगुंरपालनबाट नै वार्षिक ८ लाख रुपैयाँ आम्दानी भइरहेको जानकारी दिए । बंगुरको माग बढ्नुका साथै राम्रो मूल्य पाउन थालेपछि उनले २०७२ सालदेखि व्यवसायिक रुपमा बंगुरपालन व्यावसाय शुरु गरेका थिए । विगतमा जीविकोपार्जनमा धेरै कठिनाइ भएपनि हिजोआज बंगुरपालन व्यावसायमा लागेपछि सहज बनेको उनको भनाइ छ । उनका अनुसार शुरुवातमा २० हजार लगानी गरेर २ बंगुर पालिएको हो । उनले अहिले डिग्रो, धरानी, पोख्रेली तथा स्थानीय जातका ९० ओटा बंगुर पालेका छन् । तरकारी तथा फलफूल पसलबाट निस्केको सडेगलेको वस्तुलाई सदुपयोग गर्दै बंगुरलाई खुवाउने गरेको उनको भनाइ छ । ‘फोहर बढी गर्ने भएकाले पहिला बंगुरपालन गर्न कठिनाइ भएको थियो,’ उनले भने ‘अहिले बानी परेको छु । सरसफाइका लागि पञ्जा प्रयोग गर्दै आइरहेको छु ।’ बंगुरको पाठापाठी पाँच हजार सम्ममा विक्री हुने गरेका छन् । ‘अझै व्यावसायलाई विस्तार र व्यवस्थित गर्ने सोच बनाइरहेको छु,’ उनले भने ‘बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाई पनि दानाको रूपमा प्रयोग गर्न थालेको छु ।’ उनले तरकारी तथा फलफूल पसलबाट भन्दा बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको जानकारी दिए ।  शुरुमा व्यक्तिगत लगानीबाट व्यवसाय शुरु गरेका उनले पछि व्यवसायलाई थप व्यवस्थित गर्न साना किसान कृषि सहकारी संस्थाबाट १२ लाख रुपैयाँ मासुजन्य कर्जा दिएका थिए । बंगुरपालनमा होमिएका उनले करीब ३२ लाख रुपैयाँ कुल पूँजी लगानी रहेको जानकारी दिए ।  सरकारीका सहायक प्रवन्धक जीत प्रसाद आचार्यले व्यवसायमा संलग्न भएर आत्मनिर्भर बन्नको लागि स्थानियलाई सहकारीले प्रोत्साहन गरिरहेको बताए । उनले मासुजन्य तथा दूधजन्य वस्तुहरु उत्पादन तथा बजारीकरणको लागि सहयोग गर्दै आएको बताए । सहरकारीले ९ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।