प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार मैदानमा

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डाअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फका ९१ सिटमा आफ्ना उम्मेदवार खडा गरेको हो ।निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा कांग्रेसले ९१ स्थानमा उम्मेदवार खडा गरेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।&