तालिवान लडाकुद्वारा ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा

अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन् । आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन् । त्यसअघि उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए ।शुक्रबार सुरुमा उनीहरुले  निम्रोज प्रान्तको राजधानी जरन्ज कब्जा गरेका थिए । त्यसयता लगातार चार राजधानी कब्जा गरेका छन् । पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश

सम्बन्धित सामग्री

सत्ता कब्जा गरेपछि पहिलोपटक तालिवान र अमेरिकाबीच दोहामा वार्ता

एजेन्सी, २४ असोज। तालिवान र अमेरिकाबीच कतारको दोहामा भेटवार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबीच पहिलोपटक भेटवार्ता भएको जनाइएको हो। तालिवानका अन्तिरिम विदेशमन्त्री आमिर खान मुत्ताकीको भनाईलाई उदृत तर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘कतारको दोहामा अमेरिकी प्रतिनिधिहरुसँग भेटवार्ता भयो । उक्त छेटवार्ता भोलि र पर्सिसम्म चल्ने छ । मानविय सहायताका लागि दुवै प्रतिनिधिबीच […]

देश छोडेका कर्मचारीहरुलाई स्वदेश फर्कन तालिवान सरकारको आग्रह

तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान छाडेका कर्मचारीहरुलाई स्वदेश फर्कन तालिवान सरकारले आग्रह गरेको छ। अफगानिस्तानका अन्तरिम सरकारका प्रधानमन्त्री तथा तालिवान प्रमुख मुल्लाह मोहम्मद हसान अखुन्दले तालिवानको सत्ता कब्जापछि अफगानिस्तान छाडेका...

तालिवानले पन्जसिर कब्जा गरेकै हो ?

एजेन्सी, २२ भदौ । अफगानिस्तानको सत्ता हतियारको बलमा कब्जा गरेको तालिवानले पन्जसिर पनि कब्जा गरेको दाबी गरेको छ । काबुलमा नियन्त्रण बनाएको ३ हप्तापछि तालिवानले विरोधी समूहको आधारशक्ति रहेको पन्चसिर पनि कब्जा गरेको दाबी गरेको हो । तालिवानले पन्चसिरमा झण्डा गाडेको सामाजिक सञ्जालमा राखेको छ । तालिवान प्रवक्ता जबिहुल्ला मुजाहिद्दले सोमबार पन्चसिर कब्जामा आएको दाबी […]

पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी

अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् ।     विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो ।     तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तालिवान पञ्चसिर कब्जा गर्न विफल, विरोधी फौजद्वारा कडा प्रतिरोध

एजेन्सी, २० भदौ । अफगानिस्तानको पन्चसिर प्रान्त नियन्त्रणमा लिने तालिवानको प्रयास विफल भएको छ । तालिवानले चारैतर्फ घेरेर आक्रमण गरेर पन्चसिर उपत्यकाभित्र छिर्दा ठूलो क्षति व्यहोरेको छ । क्षति व्यहोरेपछि तालिवान ब्याक भएको अलजजिराले तालिवानविरोधी नेस्नल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का प्रवक्ता फहिम डास्टीको भनाई उदृत गर्दै लेखेको छ । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको […]

गानीले देश छाडेपछि तालिवानद्वारा राष्ट्रपति भवन कब्जा

राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा जनाइएको छ । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए । स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी

तालिवान विद्रोहीद्वारा अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा

तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्। राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

तालिवान लडाकुद्वारा राष्ट्रपति भवन कब्जा

अफगानिस्तानमा युद्धरत तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवनमा कब्जा जमाएका छन् । आइतबार राति प्राप्त समाचारमा असरफ गानीले देश छाडेसँगै तालिवानले राष्ट्रपति भवन  कब्जा गरेको जनाइएको छ । गानीले देश छाडेपनि केही घन्टासम्म राष्ट्रपति भवनमा सरकारी सुरक्षा कायम थियो । पछि तालिवान विद्रोही पुगेर भवन खाली गर्न लगाइ कब्जा जमाएको समाचार एजेन्सी रोएटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई अधिकारीलाई उदृत गर्दै गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । ...

तालिवानले कब्जा गर्यो अफगानिस्तानको प्रान्तीय राजधानी शेबरघान

काठमाडौं : तालिवान विद्रोही समूहले अफगानिस्तानमा दुई दिनभित्र दोस्रो सहर कब्जा गरेको छ। तालिवान समूहले उत्तरी जज्वान प्रान्तको राजधानी शेबरघान कब्जा गरेको हो। तर अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सहरमा सरकारी सुरक्षा ठूलो संख्यामा उपस्थित रहेको र तालिवानीलाई लखेटिने बताएका छन्। शेबरघान पूर्व अफगान उपराष्ट्रपति अब्दुल राशिद दोस्तमको गढ हो जहाँ तालिवानीविरुद्ध यसअघि ठूला कारबाही सञ्चालन गरिएको थियो। यसअघि तालिवानी विद्रोही समूहले शुक्रबार दक्षिण पश्चिमी प्रान्त निम

तालिवान विद्रोही नेताहरू चीन भ्रमणमा, चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता

अफगानिस्तानका महत्वपुर्ण क्षेत्र बदख्सान र कान्दहर प्रान्तका कैयौं भूमाग तालिवानले कब्जा गरिसकेको छ । चीनले तालिवान विद्रोहीलाई आफ्नै देशमा डाकेर संवाद गर्नुलाई अर्थपूर्ण मानिएको छ ।