श्रीलंका छोडेर भागेका राष्ट्रपति राजापाक्षले दिए राजीनामा

मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ ।