तस्करसँग मिलेर कार्यालयमै प्रहरीको 'दारु मस्ती'

धनगढी : कैलालीको एक अस्थायी प्रहरी पोष्टको कार्यालयमै 'दारु पार्टी' गरेको खुलेको छ। जिल्लाको लालपुरस्थित प्रहरी पोष्ट कार्यालयको छतमा दारु पार्टी गरिएको हो। काठ तस्कर र नदीजन्य पदार्थ उत्खनन गर्दै आएका स्थानीय युवासँग मिलेर प्रहरी पोष्टको छतमा मदिरा पार्टी भएको प्रत्यक्षदर्शी एक युवकले जानकारी दिए। उनले भने, ‘योभन्दा अगाडि ५/७ पटक पार्टी भइसक्यो। आज पनि पार्टी छ।’गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको बड्याहा अस्थायी प्रहरी पोस्टमा इन्चार्ज प्रहरी सहायक निरीक्ष