इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र वेस्टह्याम विजयी : बर्नली र युनाइटेडको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएका खेलमा न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हरायो । जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ । न्युक्यासल १७ औ स्थानमा छ । एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ । त्यस्तै बर्नलीसँगको खेलमा युनाइटेडले अग्रता जोगाउन स...