सरकारलाई पूर्णता दिन केन्द्रित छौँ, छिट्टै मेलम्ची जान्छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएको बताएका छन्। प्रकृति विपद्‌ संकटग्रस्त सिन्धुपाल्चोकको तर्फबाट सर्वदलीय समितिबाट ध्यानाकर्षण पत्र बुझेपछि प्रचण्डले भने, ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर, त्यसपछि हुनुपर्ने काम अघि बढेको छैन। हामी अहिले सरकारलाई पूर्णता दिने बैठकमा पनि छौँ। त्यसबारे छलफल गर्न म आज बालुवाटार जाँदैछु। मेरो ठाउँबाट हुनसक्न