शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित

काठमाडौं । शाओमी नेपालले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक लन्च गर्ने भएको छ । नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्न एमआई टीभी स्टिक ल्याइएको कम्पनीले बताएको छ । एन्ड्रोइड टीभी ९.० द्वारा संचालित एमआई टीभी स्टिकले गुगल प्ले मार्फत ५ हजार भन्दा माथि एप्स र गेम्सहरु प्रदान गरेको कम्पनीले जनाएको छ ।एक स्लिम र स्लिक डिजाइन भएको एमआई टीभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइनले बनेको छ । ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटिएस अडियो कम्प्रेसन टेक्नोलोजी प