दैनिक उपभोग्य खाद्यान्न पर्याप्त छः विभाग

काठमाडौं। कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। बजारमा दैनिक उपभोग्य खाद्यान्न पर्याप्त मात्रामा रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले भनेको छ। मास्क र स्यानिटाइजर पनि पर्याप्त मात्रामा स्टक रहेको विभागले बताएको छ। खाद्यान्न सामाग्रीका सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न समेत विभागले अनुरोध गरेको छ।