अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो […]

सम्बन्धित सामग्री

महँगी विरुद्धको लडाई अझै गम्भीर र पीडादायक हुने संकेत

काठमाडौं । संसारभर महँगी विरुद्धको लडाई सकिएको छैन । कछुवाको तालमा सुस्तरी अगाडि बढेर महँगीविरुद्धको लडाई जित्न नसकिने सन्देश विश्वभरका केन्द्रीय बैंकरहरुले दिइरहेका छन् ।  अहिले नै ब्याजदर बढाइएन भने महँगी आफूहरुसँग झनै लामो समयसम्म रहने सक्ने गएको हप्ता आधा प्रतिशत अंकले ब्याजदर बढाएपछि बैंक अफ इंगल्यान्ड (बीओई)का गभर्नर एन्ड्रियू बेलीले भनेका थिए । एक दशकभन्दा लामो अवधिसम्मको ब्याजदर वृद्धिपछि केही देशमा महँगी सुस्ताउन थालेको छ ।  तर धेरै जसोमा यो केन्द्रीय बैंकको लक्षित बिन्दुभन्दा चाँहि माथि छ । महँगी बढ्न नदिन अनि यसलाई घटाउन केन्द्रीय बैंकहरुासामु एउटै अस्त्र भनेको ब्याजदर बढाउनु नै हो । केन्द्रीय बैंकहरुको कदमको असर अर्थतन्त्रमा देखिन कम्तिमा पनि १२ महीना लाग्छ ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले गएको मार्चमा ब्याजदर बढाउन शुरु गर्यो लगातार १० पल्ट ब्याजदर बढाएपछि फेडले जुनको नीतिगत बैठकमा ब्याजदर वृद्धि थाँती राख्यो । अहिले नै पहल नगर्ने हो भने बल्ल बल्ल सुस्ताउन थालेको महँगीमाथिको अंकुश गुम्ने भन्दै कयौं फेड अधिकारीहरुले आगामी महीना ब्याजदर पुनः बढाउनु पर्ने बताइरहेका छन् ।  केही अघि सम्म पनि  बैंकहरुले अर्थतन्त्रमा धेरै क्षति नपुर्याइकन ब्याजदर बढाएको जस्तो देखिएको छ । तर अहिले स्थिति फेरिन थालेको छ । महँगी सोचेको स्तरभन्दा बढी नै भयो भने जे गरेपछि महँगी घटाउन मुश्किल हुनेछ । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)की अध्यक्ष क्रिष्टियन लगार्दले अहिलेको ब्याजदर वृद्धिलाई गन्तव्यतिर उडिरहेको विमानसँग दाँजेकी थिइन् ।  उडान भर्ने बित्तिकै विमान छिटो छिटो अगाडि बढ्नु पर्ने अनि लक्षित उचाईमा पुगेपछि गति कम गर्न सक्ने उनको भनाई छ । तर अहिले ब्याजदर वृद्धि महँगीलाई लक्षित स्तरमा झार्न पर्याप्त हुने गरी उच्च स्तरमा नपुगेको लगार्दको धारणा छ ।  अर्थतन्त्रका केही हिस्सामा ब्याजदर वृद्धिको असर नदेखिएकोले पनि केन्द्रीय बैंकहरुलाई महँगीलाई ओराल्न गाह्रो भइरहेको छ । ब्याजदर जिद्दी भएर उच्च स्तरमा रहिरह्यो भनेन केन्द्रीय बैंकहरुलाई यसलाई ओराल्न गाह्रो हुन्छ । असम्भव नै चाँहि होइन । तर अर्थतन्त्रमा यसको पीडा धेरै हुन्छ । एजेन्सी

‘अमेरिकामा ब्याजदर वृद्धि आवश्यक’

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन् ।

अर्थतन्त्र लड्खडाइरहँदा ब्याजदर बढाउँदैछ ईसीबी,  फेडले रोक्यो वृद्धि

काठमाडौं । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउँदैछ । बिहीबार बस्ने ब्याजदर निर्धारण गर्ने समितिको बैठकमा बैंकले ऋणको लागत बढाउने पक्कापक्की भएको विश्लेषण गर्न थालिएको छ । बैंकले फेरि ब्याजदर बढायो भने यो २२ वर्षयताकै उच्च स्तरमा उक्लिनेछ ।  एकल मुद्रा यूरो चलाउने देशहरुको समूह यूरोजोनको अर्थतन्त्र डगमगाइरहेको भएपनि बैंकले महँगी विरुद्धको लडाईलाई निरन्तरता दिँदैछ । अहिले यूरोजोनको आर्थिक  वृद्धिदर स्थीर छ । महिनौंयता महँगी मध्यम स्तरमा अडिग भएर बसेको छ । यूरोजोनमा मुद्रास्फीति ६ दशमलव १ प्रतिशतको असहज स्तरमा छ ।  यो ईसीबीको लक्षित बिन्दुभन्दा तेब्बर भन्दा पनि बढी हो । मुद्रास्फीतिलाई २ प्रतिशतमा राख्ने ईसीबीको लक्ष्य छ  । यसैले पनि बैंकसामु ब्याजदर बढाउनुको विकल्प छैन । गएको वर्ष समकक्षी बैंकहरुको तुलनामा ईसीबीले निकै ढिला मात्रै ब्याजदर बढाउन शुरू गरेको थियो । अब महँगी नियन्त्रणको लक्ष्य हासिल नभइकन वा महँगी अलि अलि मात्रै भएपनि सहन सक्ने स्तरमा नआउँदा सम्म ब्याजदर बढाउन ठ्याप्पै राक्न सक्ने अवस्थामा बैंक छैन । बैंकले ब्याजदर २५ आधार बिन्दुले बढाएर साढे ३ प्रतिशतमा पुर्याउने आशा गरिएको छ । ब्याजदर बढाएर यो स्तरमा पुर्याइयो भने यो सन् २००१ यताकै उच्च स्तरमा हुनेछ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणका अनुसार जुलाईमा पनि बैंकले यही स्तरमा ब्याजदर बढाउनेछ । जुलाई पछि भने बैंकले के गर्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । उता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले भने बुधबार अबेर नीतिगत बैठकपछि लगातारको १० औं ब्याजदर वृद्धिलाई ब्रेक लगायो । यसले लगानीकर्ताहरुमाझ विकसित देशहरुको मौद्रिक नीति कसिलो बनाउने चक्र अन्त्य नजिक आइपुगेको हो कि भन्ने बलियो संकेत दिएको छ । यद्यपि, वर्षको बाँकी अवधिमा भने कम्तिमा पनि २ ओटा ब्याजदर बढ्न सक्ने संकेत फेडको छ ।  सन् २०२२ को मार्चयता फेडले अमेरिकी अर्थतन्त्रलाई चिसो बनाउन र महँगीमा अंकुशन लगाउन लगातार १० पटक ब्याजदर बढाएको थियो । अहिले ब्याजदर रोक्नु नीतिगत समितिका अधिकांश अधिकारीहरुको राय थियो । यद्यपि, मुद्रास्फीतिलाई २ प्रतिशतमा झार्न भविष्यमा केही ब्याजदर वृद्धि भने हुन सक्ने सम्भावनातर्फ भने धेरैले औंल्याएका थिए ।  फेडले अहिले ब्याजदर वृद्धिको चक्र रोक्नुले ईसीबीको भावी कदमलाई प्रभावित बनाउन सक्ने विश्लेषण पनि गरिएका छन् । ईसीबीले जुलाईमा ब्याजदर बढाएर ३ दशमलव ८५ प्रतिशतको उच्च स्तरमा पुर्याउन सक्ने सम्भावना पनि लगानीकर्ताहरुले देखिरहेका छन् । औद्योगिक पावरहाउस जर्मनी आर्थिक मन्दीमा गयो । यो वर्ष जर्मन अर्थतन्त्रमा झिनो वृद्धि देखिने आशा गरिएको छ ।  बेरोजगारी दर कीर्तिमानी न्यून स्तरमा छ । तलब वृद्धिले पनि लय समातिरहेको छ । कर्जा झन झन महँगो हुँदै गएपछि घर परिवार र व्यवसायहरुबाट कर्जाको माग घटेको छ । तर कर्जा माग्न आउनेहरुलाई ऋण दिने बैंकको तत्परताका कारण खपत भने उच्च नै छ । एजेन्सी

झनै कमजोर बन्यो नेपाली रुपैयाँ

२१ असोज, काठमाडौं । अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा […]

३ दिनमा विश्वका ठूला प्रविधि कम्पनीले गुमाए १० खर्ब डलरभन्दा धेरै

वैशाख  २७, काठमाडौं । गएको तीन दिनमा विश्वका ठूला प्रविधि कम्पनीहरुले १० खर्ब ५९ अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाएका छन् । बुधवार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बेञ्चमार्क ब्याजदर बढाएयता शेयर बजारमा शेल–अफ (आफूसँग भएको शेयर सस्तो मूल्यमै मिल्काउने प्रवृत्ति) देखिएको छ ।  अन्य क्षेत्रको तुलनामा प्रविधि कम्पनीमा यो समस्या चर्को देखिएको छ । महामारीको समयसमेत हालैका वर्षमा बजार बुलिश बन्दा लगानीकर्ताहरुले प्रविधि कम्पनीको शेयरमा लगानी खन्याएका थिए । तर पछिल्लो समय लगानीर्ताहरुले सुरक्षित ठानिएका शेयरमा लगानी बढाउन थालेपछि  प्रविधि कम्पनीको शेयरमा तीव्र कमी आइरहेको छ ।  बुधवार शेयर बजार बन्द भएयता विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले २ खर्ब २० अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाइसकेको छ । फेड अध्यक्ष जेरम पावेलले महँगी अति नै उच्च रहेको भन्दै बुधवार ब्याजदर वृद्धिको घोषणा गरेका थिए । बिहीवार, शुक्रवार र सोमवार गरी तीन दिनको कारोबारमा एसएन्डपी ५०० परिसूचक ७ प्रतिशतले घटेको छ । यस अवधिमा नाष्डाक झन्डै १० प्रतिशतले तल झरेको छ । तीन दिनको कारोबारमा बजार पूँजीकरणमा दोस्रो उच्च कमी बेहोर्ने कम्पनी टेस्ला रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ९९ अर्ब डलर गुमेको छ । बजार पूँजीकरण १० खर्ब डलरमाथि उक्लिएको केही महीनापछि घटेर १० खर्ब डलर मुनि झरेको छ । तेस्रो स्थानमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण १ खर्ब ८९ अर्ब डलर गुमेको छ । एमाजनले १ खर्ब ७३ अर्ब डलर, अल्फाबेट(गूगल) ले १ खर्ब २३ अर्ब डलर गुमाउँदा ग्राफिक कार्ड निर्माता कम्पनी निभिदियाले ८५ अर्ब डलर र फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्मले पनि ७० अर्ब डलर गुमाएको छ । फेडको ब्याजदर वृद्धि, रुसले युक्रेनमा हमला गरेपछि मागमा भएको क्षति, महँगीका कारण उपभोक्ताको खर्च क्षमता संकुचित हुनु, चीनले कोभिड नियन्त्रण गर्न लगाएको कठोर बन्दाबन्दी आदि प्रविधि कम्पनीहरुको शेयर मूल्य घटाउने कारकका रुपमा रहेका छन् ।  फेडले ब्याजदर शून्य नजिक राख्दा प्रविधि क्षेत्रका कम्पनीको शेयरमूल्य वृद्धिमा टेवा दिएको थियो । पछिल्लो समय फेडले आक्रामक रुपमा मौद्रिक नीति कसिलो बनाउन थालेपछि लगानीकर्ताहरुले शेयरलगायत जोखिमयुक्त सम्पत्तिमा गरेको लगानी झिक्न थालेका छन् । आर्थिक अनिश्चय र महँगीले पनि कम्पनीहरु प्रभावित भइरहेका छन् । एजेन्सीहरु

फेडको ब्याजदर वृद्धिको प्रभाव : आकाशियो एशियाली शेयर बजार

चैत ३, टोकियो । एशियाली शेयर बजारमा बिहीवार हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अघिल्लो दिन ब्याजदर बढाएपछि बुधवारको कारोबारमा अमेरिकी शेयर बजारमा हरियाली छाएको थियो । बिहीवार सोको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा देखिएको हो । बुधवार बजार बन्द हुँदा नाष्डाक करीब ४ प्रतिशतले बढेको थियो । एसएण्डपी५०० चाहीं २ प्रतिशतभन्दा धेरै माथि आएर बन्द भएको थियो । दाउ जोन्समा पनि साढे १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको थियो ।  फेड कोभिडका कारण खुकुलो बनाएको मौद्रिक नीति धमाधम कसिलो बनाउने बाटोमा छ ।  उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव ४६ प्रतिशतले बढेर २ हप्तायताकै उच्च स्तरमा उक्लिएको थियो । दक्षिण कोरियामा पनि कोस्पी  परिसूचक १ दशमलव ३३ प्रतिशतले बढेको थियो । अष्ट्रेलियामा एएसएक्स २०० १ दशमलव ४ प्रतिशतले बढेको थियो ।  हङकङमा हाङशेङ परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतमाथि आएर बन्द हुँदा चीनमा साङ्हाई कम्पोजिटमा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डलगायतका बजार पनि हरियालीमै आएर बन्द भएका थिए ।  अमेरिकामा शेयर बजार बिहिवार पनि बढ्ने शेयर फयूचर्सले देखाएका छन् । फेडले महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाउने भनेपनि ब्याजदर वृद्धिको प्रभावलाई सहन अर्थतन्त्र पर्याप्त रुपमा मजबूत रहेको फेड अध्यक्षले बताएपछि शेयर बजार सुदृढ रहेको हो ।  रुस र युक्रेन बीच युद्धविरामसम्बन्धी वार्तामा आशा जाग्दा पनि लगानीकर्ताहरु जोखिमयुक्त सम्पत्तिप्रति आकर्षण बढ्दा शेयर बजारले टेवा पाएको हो । लगानीकर्ताका मनोबल सुधार आएको भएपनि डलरको भाउ भने बढ्न सकेको छैन । ब्याजदर वृद्धि विश्लेषकहरुले गरेको अपेक्षा अनुरुप भएकोले पनि डलर बढ्न सकेन । यस वर्ष फेडले ब्याजदर ६ पटकसम्म बढाउने देखिएको छ । कमोडिटिज बजारमा बिहिबार कच्चा तेलको भाउ बढेका छन् । सुनमा पनि वृद्धि देखिएको छ । चाँदि, तामा, प्लाटिनमलगायत कमोडिजिट पनि हरियालीमा छन् ।  एजेन्सी

अमेरिकी केन्द्रीय बैंकले बढायो ब्याजदर : उपभोक्तादेखि व्यवसायसम्मलाई असर

चैत ३, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ । बैंकले बुधवार सन् २०१८ यता पहिलो पटक ब्याजदर बढाएको हो । कोरोना भाइरसको महामारी विरुद्धको लडाईदेखि चर्को मुद्रास्फीति र युक्रेनी युद्धका कारण उत्पन्न आर्थिक जोखिमहरु कम गर्न बैंकले आक्रामक योजना अगाडि सारेको छ । बैंकको ब्याजदर निर्धारक समितिले एक चौथाई प्रतिशत अंकले ब्याजदर बढाएको छ । यसको प्रभाव अमेरिकी उपभोक्तादेखि व्यवसायसम्म देखिनेछ । मुद्रास्फीति विरुद्ध लड्नका नीति निर्माताहरुले ब्याजदर धमाधम बढाउने संकेत गरेका छन् । केही नीतिनिर्माताहरुले आक्रामक बाटो अपनाउने  पक्षमा देखिएका छन् । यस वर्षको अन्त्यसम्ममा ब्याजदर बढेर १ दशमलव ७५ प्रतिशत देखि २ प्रतिशतसम्म  पुग्ने अनुमान अधिकांश नीति निर्माताहरुको छ ।  यसको अर्थ फेडको आगामी ६ ओटा नीतिगत बैठकमा एक चौथाई प्रतिशत ब्याजदर बढ्नेछ । आगामी वर्ष भनेन ब्याजदर २ दशमलव ८ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्र ब्याजदर वृद्धिको प्रभाव सहन सक्ने अवस्थामा भएको र अहिलेको सुदृढ कर्मचारी भर्ती र तलब वृद्धि कायम हुने फेडका अध्यक्ष जेरोम पावेलले बताएका छन् । अहिले फेडले सारा ध्यान महँगीका कारण आम अमेरिकी परिवारमा परेको प्रभाव कम गर्नपतर्फ लगाउनु पर्ने उनको भनाइ छ । पछिल्लो ब्याजदर वृद्धिपछि अमेरिकामा मँहगी सन् २०२४ सम्ममा २ प्रतिशत माथि रहने अनुमान छ ।  महँगी घटेन भने अधिकारीहरु ब्याजदर बढाउन हिच्किचाउन नहुने पावेलले भनेका छन् । ब्याजदर बढेसँगै घर, गाडी लगायतको ब्याजदर बढेपछि यस्ता ठूला खर्चको माग कटौती हुन्छ । यसले गर्दा आर्थिक वृद्धिदर सुस्ताउँछ भने र बेरोजगारी बढ्ने सम्भावना पनि हुन्छ । फेडले ब्याजदर बढाएपछि अमेरिकी डलर बलियो हुन्छ । डलरको तुलनामा अन्य मुद्राहरु कमजोर हुन थाल्छन् । विश्वका अधिकांश केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्ने गरेका छन् । एजेन्सी

फेडले फेरि ब्याजदर बढायो

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । यो ब्याजदर वृद्धि यो वर्षको तेस्रो पटक हो । अमेरिकी अर्थतन्त्रमा ठोस वृद्धि भएका कारण यो अपेक्षित ब्याजदर वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ । अधिकारीहरूले आफ्नो आर्थिक प्रक्षेपण पनि बढाएका छन् । यो वर्ष र आगामी वर्ष अमेरिकाको जीडीपी २.५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।