प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन थप केही समय लाग्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै सहमति जुट्न नसकेको हो ।
प्रधानमन्त्री देउवाले शुक्रवार नै गठबन्धनका नेताहरूसँग मन्त्रीको नाम मागे पनि सत्ता साझेदार दलले मन्त्रीको नाम दिएका छैनन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्धको रिट सर्वोच्च अदालतमा रहेको र त्यसको टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रस्ताव गरेका थिए । &l...