बेलायतकी महारानी कोरोना संक्रमित

लण्डन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयामा कोरोना संक्रमण भेटिएको छ। उनमा चिसो लागेका वेला हुने जस्तो मन्द लक्षण देखिएको बकिङघम राजप्रासादले जानकारी दिएको छ।९५ वर्षीया एलिजाबेथ स्वनिवास विन्डसर क्यासलमा छन्।बकिङघम राजप्रासादले भनेको छ, ‘महारानीको स्वास्थ्योपचार जारी रहनेछ र उहाँले सबै उचित निर्देश पालना गर्नु हुनेछ।’बेलायतमा कोरोना संक्रमित भेटिएका व्यक्तिले वर्तमान स्वास्थ्य निर्देशिकाअनुसार १० दिन आइसोलेशनमा बस्नुपर्छ।महारानी एलिजावेथका छोरा युवराज चार्ल्स र उनकी पत्नी युवराज्ञी