मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनको सहमति जुटेन, फेरि अर्को बैठक बस्ने

काठमाडौँ । मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ । आज (मंगलबार) बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच फेरि छलफल हुने बताइएको छ । […]