अबको दुई तीन दिन पछि मनसुन बाहिरिने सम्भावना, चिसो बढ्दै

काठमाण्डौ – यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन । मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ । अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ । बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । अब ठूलो वर्षा भने नहुने उहाँले बताउ...