ग्रान्डी अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

ग्रान्डी अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत पाटनले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। अदालतले बालक रिहान न्यौपानेको उपचारका क्रममा लापरबाही गरेको भन्दै क्षतिपूर्ति भराउने फैसला गरेको हो।