मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम

प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो ।शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको  सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक महिना अगाडि मुस्ताङ पुगेको थियो ।मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)