माथिल्लो तामाकोशीसहित ७ कम्पनीका थप सेयर सूचीकृत

२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत […]

सम्बन्धित सामग्री

पाँच महिनामा ७० अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७० अर्ब ७४ करोड रुपैयाँ बराबरको थप धितोपत्र (सेयर) सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत कम्पनीको संख्या मंसिर मसान्तसम्म २२४ पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा मंसिर मसान्तसम्म पूँजी बजारको अवस्थाबारे तथ्याङ्क उल्लेख छ ।  साउनदेखि मंसिरसम्म ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, नौ अर्ब ४६ करोड बराबरको साधारण सेयर, आठ अर्ब ९३ करोड बराबरको

पहिलो त्रैमासमा २३ अर्बको सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत असोज मसान्तसम्ममा २३ अर्ब रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २० करोड बराबरको साधारण सेयर, १४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ७० करोड बराबरको बोनस सेयर र ७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।